२०८१ मंसिर ८ , शनिवार

होटेल, रेस्टुरेन्ट र बारमा डिजिटल भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत भ्याट फिर्ता पाउने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न १० प्रतिशत कर फिर्ता दिने व्यवस्था गरेको छ।आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचनाअनुसार यो सुविधा विशेषतः केही वस्तु तथा सेवामा खर्च गर्दा उपलब्ध हुनेछ।

‘मूल्य अभिवृद्धि कर ऐन, २०५२’ अनुसार विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई १० प्रतिशत कर फिर्ता गरिने व्यवस्था छ। यो रकम विभागले तोकेको प्रक्रिया अनुसार उपभोक्ताको बैंक खातामा फिर्ता हुनेछ।

सूचनामा उल्लेख भएअनुसार यो सुविधा मदिरा पिउने केन्द्र (बार), रेस्टुरेन्ट, होटल, मोटल, लज, र गेष्ट हाउसमा प्राप्त हुनेछ।