२०८१ मंसिर ९ , आइतवार

२६४६ विन्दुमा झर्‍यो नेप्से, कारोबार पनि खुम्चियो

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।नेप्से ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकममा पनि कमी आएको छ।आइतबार १० अर्ब १२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन नौ अर्ब ४३ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६९ करोड रूपैयाँ कमी भएको हो।यसदिन ३२७ वटा धितोपत्रको दुई करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच भएको हो।सोमबार २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२२ वटाको घटेको छ।