२०८१ मंसिर ८ , शनिवार

बालुवाटारमा सत्तारुढ दलहरुको बैठक सुरू

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ढिला गरी बैठक सुरु भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि बैठक सुरु हुन ढिलाइ भएको थियो ।

बैठक अपराह्न ४ बजेका लागि तय भएकोमा देउवा साढे ४ बजेमात्रै बालुवाटार पुगेको र त्यसलगत्तै बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण, सरकारको समीक्षा लगायतबारे छलफल हुने बताइएको छ ।