२०८१ मंसिर ८ , शनिवार

तोलामा दुई सय रुपैयाँ बढ्यो सुन

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज मंगलबार पनि सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १७ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।