सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी विश्वकप लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ ।क्यानडामा भदौ ३१ गतेदेखि हुने नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको हो।
क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ ।लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ ।त्रिकोणात्मक टी२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।
क्यानडामा भदौ ३१ देखि सुरू हुने सिरिज असोज १० गते एकदिवसीय सिरिज सकिनेछ। क्यानडामै असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ।