२०८१ मंसिर १० , सोमवार

सेयर बजार निरन्तर ओरालो,पाँच दिनमा १९७ अंकको गिरावट

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

नेप्से मंगलबार सहित लगातार पाँच दिन घटेको छ। मंगलबार १३.०९ अंकले घटेको बजारले पाँच दिनमा १९७ अंक गुमाएको छ।बजार २६३२.९४ विन्दुमा बन्द भएको छ।यसदिन कारोबार रकममा पनि गिरावट आएको छ।

सोमबार नौ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन सात अर्ब २४ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब १९ करोड रूपैयाँ कमी भएको हो।

यसदिन ६७ वटा धितोपत्रको एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच भएको हो।मंगलबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।