सुनाखरी न्युज/ काठमाडौं ।
ज्योति विकास बैंक लिमिटेडले काठमाडौँ स्थित ज्योति विकास बैंकका ग्राहकहरुलाई “Shine Ikhadol Fitness & Recreation Centre”मा विशेष छुट” मा बैंकका ग्राहकहरूलाई १०५ को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १०%छुट प्राप्त गर्न सकिने जनाइएको छ। उक्त स्विमिङ्ग पूल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ।
हालै बैंकले ललितपुरस्थित”Medex Multispecialty Clinic & Diagnostic Center”मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात “Tranquility Spa”का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको बताए। साथै, बैंकलेJasmine Fitness Club & Spaमा २०%सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको बैंकको भनाइ छ।