सुनाखरी न्युज/ काठमाडौं ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा १००+ युनिट काठमाडौँमा डेलिभरी गरिसकेको छ ।
पन्च इभीको नाडाको पहिलो दिनमै १००+ बुकिङ्ग लिएर बिक्रि सुरु भएको थियो । पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको र अब कम्पनिको जिम्मेबारी जति सक्दो छिटो, बुकिङ्ग गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए। साथै पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ ।
टाटा पन्च इभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु – भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द पनि लिन सकिने बताइएको छ। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी GNCAPमा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।