२०८१ मंसिर १० , सोमवार

सुनचाँदी ब्यबसाय क्षेत्रमा देखिएका समस्या तथा चुनौति बिषयमा बृहत् छलफल कार्यक्रम आयोजना

llllllllllllll

सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर सुनचाँदी ब्यबसायी संघको आयोजनामा हेटौडाको मकवानपुरमा वृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ भदौ २६ गते आयोजित ‘बर्तमान अबस्थामा सुनचाँदी ब्यबसाय क्षेत्रमा देखिएका समस्या तथा चुनौति’ बिषयमा सो कार्यक्रम भएको हो ।

ललितपुर सुनचाँदी ब्यवसायी संघको आयोजनामा भएको सो कार्यक्रममा नेपाल सरकार,बागमति प्रदेशका मूख्य मन्त्रि  बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने ,प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले, प्रदेश श्रम ,रोजगार तथा यातायात मन्त्री  प्रेम भक्त महर्जनको सहभागिता रहको थियो ।

यस्तै कायक्रममा प्रदेश बन तथा वातावरण मन्त्री  कृष्ण प्रसाद सिलवाल, प्रदेश उधोग बाणिज्य भूमि तथा प्रशासन मन्त्री  शुकमाया तामाङज्यू, प्रदेश युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जन, प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी, प्रदेश मन्त्री मदु कुमार श्रेष्ठ,नेपाल सुनचाँदी ब्यबसायी संघ, बागमती प्रदेश सभापति ज्योति रत्न बज्राचार्य तथा मकवानपुर सुनचाँदी ब्यबसायी संघका प्रतिनिधि हरुको समुपस्थितिमा ललितपुर सुनचाँदी ब्यबसायी संघका अध्यक्ष  सुबिन बज्राचार्यको शभापतित्वमा होटेल सामाना, हेटौंडा को सभाकक्षमा बृहत् छलफल कार्यक्रम सम्पन्न गरियो।

सो कार्यक्रमको समन्वय श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले गर्नु भएको थियो।