२०८१ मंसिर १० , सोमवार

२६१० विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ६ अर्ब ८५ करोड

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

नेप्से बुधबार सहित लगातार छैठौ दिन पनि घटेको छ।गत बुधबारदेखि घट्ने क्रममा रहेको बजारले आज पनि निरन्तरता पाएको हो।आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकममा पनि गिरावट आएको छ।मंगलबार सात अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा यस दिन छ अर्ब ८५ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३९ करोड रूपैयाँ कमी भएको हो।यसदिन ३१७ वटा धितोपत्रको एक करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच भएको हो।