२०८१ पुष २७ , शनिवार

दसैँका लागि सफा तथा सुकिला नोट असोज १३ गतेदेखि साट्न पाइने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले पहिलो पटक नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको छ।असोज १३ गतेदेखि राष्ट्र बैंकले दसैंको लागि सुकिला नोट साट्ने भएको हो।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशमा रहेका कार्यालय र बैंकहरूबाट सुकिला नोट साट्न सकिने भएको छ। यसअघि झै १८ हजार पाँच सय रूपैयाँसम्म सुकिला नोट साट्न पाइने भएको हो।५, १०, २०, ५० र एक सय दरको एक/एक बण्डल नोट साट्न सकिने भएको हो।

नोटहरूको दुरुपयोगकै कारण चाँडै पुरानो हुने र नयाँ नोट छाप्न पर्ने भएकोले मुलुकलाई वार्षिक सरदर ८४ करोड लागत पर्ने गरेको छ।त्यसैले पनि यसपटक राष्ट्र बैंकले नयाँ नोट नसाट्ने र प्रणालीमा रहेकै सुकिला नोट वितरण गर्ने भएको हो।