२०८१ मंसिर ९ , आइतवार

भारतमा सामसुङका श्रमिक आन्दोलित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण भारतमा सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले राम्रो तलब र कामको समयको माग गर्दै सोमबारदेखि जारी गरेको एक हप्ताको हडताल बुधबार पनि चलेको छ।उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने प्रविधि कम्पनीले औद्योगिक कर्मचारीको आन्दोलनको प्रभाव उत्पादनमा नपर्ने बताएको छ ।भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र यसको बढ्दो मध्यम वर्ग सामसुङको बढ्दो बजारको लागि एक महत्वपूर्ण स्रोत हो । सामसुङको उत्पादनले दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादनको लगभग एक चौथाई हिस्सा ओगटेको छ ।

हडतालले समूहको कर्मचारीको पछिल्लो असन्तोषकोलाई सङ्केत गर्दछ । जुलाईमा दक्षिण कोरियामा हजारौं युनियनमा आवद्ध कामदारहरूले तलब र लाभको विषयमा हडताल गरेका थिए।दक्षिणी शहर चेन्नईबाहिर रहेको एक प्लान्टमा टेलिभिजन, रेफ्रिजेरेटर र अन्य उपभोग्य सामग्री निर्माण गर्ने करिब एक हजार ८०० कामदार कार्यरत सामसुङका सयौं कर्मचारीले आन्न्दोलनमा भाग लिएका छन् ।“उच्च ज्याला र राम्रो काम गर्ने समयको अतिरिक्त, हामीले कम्पनीसँग हाम्रो युनियनलाई मान्यता दिन पनि माग गरिरहेका छौं,” श्रमिक प्रतिनिधि र युनियनका नेता ई मुथुकुमारले एएफपीलाई बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले हाम्रो माग कम्पनीलाई दिइसकेका छौं र उनीहरुसँग वार्ता गरिरहेका छौं । मुथुकुमारका अनुसार हडतालका कारण उक्त क्षेत्रमा उत्पादनमा असर परेको छ ।तर सामसुङ इन्डियाका प्रवक्ताले भने कामदारको हित कम्पनीका लागि ‘उच्च प्राथमिकता’ रहेको र यसले कम्पनीका ग्राहकहरूलाई कुनै पनि ‘व्यवधान’ नहुने बताउनुभएको छ ।प्रवक्ताले भन्नुभयो, “हामी हाम्रा कामदारहरूसँग सक्रिय रूपमा भेटवार्तामा छौं ताकि उनीहरूसँग हुन सक्ने कुनै पनि गुनासोलाई सम्बोधन गर्न र सबै कानून र नियमहरूको पालना गर्न सकियोस्।”

संयुक्त राज्य अमेरिकासँगको भूराजनीतिक तनाव र अन्य आर्थिक अड्चनका कारण चीनबाट बाहिर उत्पादन विविधीकरण गर्न चाहने प्रविधि कम्पनीहरूको लागि भारतले एक उदीयमान विनिर्माण हबको रूपमा आफूलाई प्रस्तुत गरेको छ।गुगलले यसै वर्ष भारतमा आफ्नो उत्पादन सुरु गरेको छ भने ताइवानी इलेक्ट्रोनिक्स जायन्ट फक्सकन, एप्पल आईफोनको प्रमुख ‘एसेम्बलर’ले प्रविधिका लागि चिनिने नजिकै एक प्रमुख फोन ‘एसेम्बली प्लान्ट’ स्थापना गर्दैछ। रासस/एएफपी