२०८१ आश्विन ५ , शनिवार

बलिउड अभिनेत्री मलाइका अरोराका बुवाको  मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोराका पिता अनिल अरोराले बुधबार मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।

मृत्युको कारण नखुलेपनि मलाइकाका बुवाले हाम फालेको प्रहरीले पुष्टि गरेको छ । यसैबीच, प्रहरीले मलाइकाकी आमा जोइस पोलिकर्पको बयान लिइसकेको छ ।‘न्युज १८’ को रिपोर्ट अनुसारउनी आयशा मनोरको सातौं तल्लामा बस्थे ।मलाइकाकी आमाले प्रहरीलाई बताएअनुसार बुधबार बिहान उनले पूर्वपति अनिल अरोराको चप्पल बैठक कोठामा देखेपछि उनलाई हेर्न बाल्कोनीमा गएकी थिइन् ।

बाल्कोनीमा पनि नभेटेपछि उनले तल गएर हेरेको बयान दिएकी छन् । त्यसपछि चौकीदारले सहयोगका लागि कराइरहेको र अनिल भुईंमा पल्टिएको आफूले देखेको उनले बताएकी छन् ।फोरेन्सिक टोली पनि घटनास्थलमा पुगेको छ र उक्त क्षेत्रको सिलबन्दी गरिएको छ । बुवाको मृत्युको खबर सुन्दा मलाइका पुणेमा थिइन् । त्यसपछि तत्काल मुम्बई फर्किइन् ।

उनका बुवाको शव हाल बान्द्रास्थित केबी भाभा अस्पतालमा राखिएको छ । अनिल अरोराको मृत्युको खबर पाएलगत्तै मलाइकाका पूर्वपति अरबाज मलाइकाको घरमा पुगेका थिए भने सलिम खान, सलमा र अल्विरा पनि त्यहाँ पुगेका थिए ।मलाइकाका पूर्वप्रेमी अर्जुन कपुर पनि उनको घरमा पुगेका थिए ।