२०८१ मंसिर ६ , बिहिवार

पूर्वबाट शुरु भयो पन्च इभीको रिजनल लन्च

Capture

सुनाखरी न्युज/ काठमाडौं।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरिसकेको छ । बिर्तामोड स्थित अलास्का अटोमोवाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ । साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च इभीको प्रतीक्षा गरिरहनु भएको र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको कुरा अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।

साथै गत चैत्रमा भएको आइपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च इभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले गराए ।पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको कम्पनीले जनाइएको छ।

टाटा पन्च इभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सक्नु हुन्छ। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी न्ल्ऋब्ए मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।