२०८१ पुष १० , बुधवार

सिटिजन्स बैंक र पोष्टम इन्फोसिस बीच साझेदारी

Capture

सुनाखरी न्युज/ काठमाडौं।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टम बीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ ।

पोष्टम एप, पोष्टम इन्फोसिस प्रा. ली. द्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन र ती सृजना गरिएका प्रस्तुतिहरुलाई विभिन्न माध्यम मार्फत मोनिटाइज गर्न सकिने जनाए।

यो एप मार्फत सृजनाकर्ताहरूले बिभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक , रचनात्मक र अन्य चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सकिने छ । यसरी सामाग्री बनाएर आय सृजना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउँने बताएको छ  । प्रयोगकर्ताहरुले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सकिने छ ।