२०८१ पुष १० , बुधवार

प्रतितोला एक सय रूपैयाँ घट्यो सुनको मूल्य

Gold

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।बुधबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।