२०८१ मंसिर ९ , आइतवार

लगातार छ दिनको गिरावटपछि नेप्सेमा ७८.१७ अंकको वृद्धि,कारोबारमा पनि सुधार

share-market-bullish

सुनाखरी न्युज/ काठमाडौं।

लगातार छ दिनको गिरावटपछि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।गत बुधबारदेखि सेयर बजार घट्ने क्रममा रहेको थियो। यो छ दिनमा बजारले २१९ अंक गुमाएको छ।आज नेप्से ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकममा पनि वृद्धि भएको छ।बुधबार छ अर्ब ८५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन आठ अर्ब १६ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ३१ करोड रूपैयाँ वृद्धि भएको हो।यसदिन ३१८ वटा धितोपत्रको एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच भएको हो।