२०८१ मंसिर १० , सोमवार

सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन ३ हजार रुपैयाँ बढ्यो मुल्य

Gold High

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली बजारमासुनको मूल्यले शुक्रबार  नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो ।

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मुल्यमा विगत केही समय देखि देखिँदै आएको बढ्दो टे«ण्ट लगायतका कारणले सुनको मुल्य बढ्न सघाएको बिश्लेषकहरुको भनाई छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

यसैबिच शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो । यस हिसाबले चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेको छ ।