सुनाखरी न्युज/ काठमाडौं ।
यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३ हजार ५०० रुपैयाँले सुनको मूल्य बढेको महासङ्घले जनाएको हो ।महासंघका अनुसार अघिल्लो शुक्रबार छापावाला सुन मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो साता बढेर अन्तिम कारोबार दिन एक लाख ५६ हजार ३०० पुगेको छ । यो मूल्य अहिलेसम्मकै कीर्तिमानी हो ।
यो साता चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । अघिल्लो साताको तुलनामा यो साता चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको हो ।यो साता लगातार यसअघिको कीर्तिमानी मूल्यको ‘रेकर्ड ब्रेक’ गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । यो साताको बिहीबार नै सुनको मूल्य १ लाख २७ हजार ९०० रुपैयाँ कायम हुँदै यसअघिको कीर्तिमान तोडेको थियो । जुन कीर्तिमान पुनः शुक्रबार तोडिँदै सुनको मूल्य प्रतितोला १ लाख ३० हजार पुगेको हो ।