२०८१ आश्विन ५ , शनिवार

आँचल शर्मा फिल्म  ‘पीताम्बर’बाट अलगिइन

achaal sharma

सुनाखरी न्युज/ काठमाडौं ।

समय अभाव भन्दै अभिनेत्री आँचल शर्मा फिल्म ‘पीताम्बर’बाट अलग भएकी छन् । आँचल अहिले फिल्म ‘दुःखी आत्मा’को छायाङ्कनमा छिन् भने ‘पीताम्बर’ पनि अहिले छायाङ्कनमै छ । यसले छायाङ्कन सेडुल जुधेपछि आफूले अभिनय गर्न नभ्याउने भन्दै उनले फिल्म छोडेकी हुन् ।

आँचल अहिले फिल्म ‘दुःखी आत्मा’को छायाङ्कनमा छिन् । फिल्म ‘पीताम्बर’ अहिले छायाङ्कनमा छ । एकै समय दुई फिल्मको छायाङ्कन सम्भव नभएकोले ‘पीताम्बर’बाट आफू अलग भएको आँचलले बताइन् ।‘पीताम्बर’बाट आँचल बाहिरिएपछि उनको ठाउँमा अभिनेत्री दिव्या रायमाझी भित्रिने चर्चा छ । दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिने बताइन्छ ।

दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । दिव्याले फिल्म ‘एक्टर’बाट अभिनयमा डेब्यु गरेकी हुन् । पहिलो फिल्म प्रदर्शनमा नआउँदै उनको माग चुलिँदो छ ।