२०८१ मंसिर १० , सोमवार

काठमाडौँ उपत्यकामा सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

indra

सुनाखरी न्युज/ काठमाडौं ।

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो । यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान गरी आठ दिनसम्म मनाइन्छ ।शुभसाइतमा हनुमान ढोका – कालभैरव क्षेत्रबाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ ।

हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ। असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।