२०८१ मंसिर १० , सोमवार

केजरीवालले दिल्ली मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने भएका छन्।भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका मुख्यमन्त्री केजरीवालले अबका दुई दिन पछि पदबाट राजीनामा दिने बताएका हुन्।

मुख्यमन्त्री केजरीवालले आमआदमी पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूलाई सम्बोधन गर्दै राजीनामा गर्ने घोषणा गरेको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ।

दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

न्यायाधीशहरू सूर्यकान्त र उज्‍वल भुयनले मुख्यमन्त्री केजरीवाललाई शर्तसहित छाडेको थियो। सिबिआईले उनलाई जुन २६ मा पक्राउ गरेको थियो। एजेन्सी