२०८१ आश्विन ५ , शनिवार

चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु भएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ–मुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्ने कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै मुहूर्त–शट दिए ।

चलचित्रको छायाङ्कन काठमाडौँको बोडेमा हुनेछ । पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले बताए ।

चलचित्रमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।

अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन् ।२०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै चलचित्रले घरेलु बक्स अफिसमा सफलता हासिल गरेको थियो । ‘होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने बताइन्छ ।