२०८१ मंसिर १० , सोमवार

नेप्सेमा उच्च अंकको गिरावट,दस अर्ब बढीको सेयर किनबेच

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ।लगातार ६ दिन २१९ अंक गुमाएको नेप्सेले बिहीबार भने ७८ अंक जोडेको थियो।तर, उक्त वृद्धि टिक्न सकेन। दोस्रो दिन अर्थात् आइतबार नै नेप्से फराकिलो अंकले घट्यो।

आज नेप्से ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा झरेको छ।यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा वृद्धि भएको छ।बिहीबार आठ अर्ब १६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब ३३ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब १७ करोड रूपैयाँ वृद्धि भएको हो।आज ३२४ वटा धितोपत्रको दुई करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच भएको हो।