२०८१ मंसिर १४ , शुक्रवार

स्थानीय तहको उपनिर्वाचन मंसिर १६मा गर्न निर्वाचन आयोगको सुझाव

Nirbachan_nirwachan_elecion

सुनाखरी न्युज/ काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई परामर्श दिएको छ ।

आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनावको मिति सुझाएका हुन् ।

निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

कुन स्थानीय तहमा कुन पद रिक्त छ ?