२०८१ मंसिर १० , सोमवार

असोजका लागि पनि वाणिज्य बैंकले घटाए ब्याजदर

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी असोजको लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्।भदौका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४७ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो।

बैंकहरूले असोजका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४ प्रतिशत छ। चार बैंकले भने ब्याजदर बढाएका छन्।

लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कृषि विकास र नेपाल बैंकको ब्याजदर सामान्य बढेको आठ वटा बैंकको ब्याजदर सामान्य घटेको छ। अहिले सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले दिने भएको छ। बैंकले ७.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो।

बैंक असोजको लागिब्याजदर (प्रतिशतमा) भदौंको लागिब्याजदर (प्रतिशतमा)
एनएमबी ६.५ ७.४१
एनआइसी एसिया ७.१८ ७.४१
सिटिजन्स बैंक ६.१५ ६.७५
हिमालयन बैंक
माछापुच्छ्रे बैंक .  . 
नबिल बैंक ६.७५
सिद्धार्थ बैंक ६.५ ६.५
प्राइम कमर्सियल ७.२५ ६.७५
सानिमा बैंक ५.९ ६.२
कुमारी बैंक ६.०१ ६.७
प्रभु बैंक ६.१
लक्ष्मी सनराइज बैंक ६.५ ५.५
ग्लोबल आइएमई बैंक ६.२५ ६.२५
स्ट्यान्डर्ड चार्टर्ड बैंक
एभरेष्ट बैंक ६.३
नेपाल इन्भेष्टमेन्ट बैंक ६.५  .
नेपाल बैंक ५.९५ ५.२५
राष्ट्रिय वाणिज्यबैंक ६.०७
नेपाल एसबिआई बैंक ६.३
कृषि विकासबैंक ६.०७ ६.०५
औसत ६.४ ६.४७