सुनाखरी न्युज/ काठमाडौं ।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नंया शो–रुमको उद्घाटनसंगै बिरगंजमा पन्च इभिको डेलिभरी सुरु गरेको छ । साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बिरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम,उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ्ग प्रा.लि बिरगंज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
पन्च इभिको रिजनल लन्च अन्तर्गत बिरगंजको लन्चको मौका पारेर नंया शोरुमको पनि उद्घाटन गरेको प्राइम अटो ट्रेडर्सको निर्देशक सुबोध सापकोटाले जानकारी दिए । साथै सोहि कार्यक्रममा पन्च इभि बुक गर्नु भएको ग्राहकहरुलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको बताए ।
टाटा पन्च इभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिने कम्पनीले जनाए। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी द्यल्ऋब्ए मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।