२०८१ आश्विन ३ , बिहिवार

नेप्से ५७.०३ अंकले घट्यो ,कारोबार रकममा पनि गिरावट

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ।आइतबार ५०.७३ र सोमबार ५७.०३ अंक यो दुई दिनमा सेयर बजार १०७ अंकले घटेको छ।सोमबार नेप्से २.१६ प्रतिशतले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ।

यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ।आइतबार १० अर्ब ३३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन सात अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ९७ करोड रूपैयाँ कमी आएको हो।आज ३१२ वटा धितोपत्रको एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच भएको हो।