सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनका प्रशिक्षकहरु र ११० जना सहभागी भएकोFIM ASIAरेस अफिसियल तथा मार्सल तालिम भदौ २८ र २९मा काठमाडौँमा सम्पन्न भएको छ ।नेपाल अटोमोवाइल्स एसोसिएसन र यसका मोटरसाइकल तथा टेनिङ्ग कमिसनको संयोजन, FIM ASIAको सहयोग तथा माटोभर्स स्पोर्टस् क्लवको व्यवस्थापनमा भएको यस तालिममा मोटो जिपी तथा अन्य अन्तर्राष्ट्रिय मोटरसाइकल स्पोर्टमा अफिसियल भएका प्रशिक्षकले सकभागीलार्य रेस संचालन, व्यवस्थापन तथा मार्सलिङ्गको तालिम दिए ।
FIM ASIAका प्रशिक्षकहरु : सुजित कुमार, समिर सुनेजा तथा मन्दिप सिंहले इभेन्ट डिजाइन, खेल संचालन, मार्सलिङ्ग तथा मार्सलको काम, कर्तव्य र अधिकार, सेफ्टी र कम्यूनिकेसन तथा रिपोर्टिङ्ग नस्ता विषयमा प्रशिक्षण दिए । त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा बुलन्द थापाले रेसमा मेडिकल र रेस्कूकम साथै खेलमा डोपिङ्गसम्बन्धि नियम, प्रचलन तथा टेस्टको प्रक्रियाको बारेमा प्रशिक्षण दिए ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालको अध्यक्ष्यता भएको यस तालिममा बागमती प्रदेश खेलकुद विकास परिषदका नव नियुक्त सदस्य सचिव दिपक लामा, FIA वल्र्ड काउन्सील मेम्बर तथा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदाय चन्द्रवदना राई, नेपाल ओलम्पीक कमिटीका कार्यकारी सदस्य रमेश सिवाकोटी, बागमती प्रदेश खेलकुद विकास परिषदका पूर्व सदस्य सचिव सूर्य लाल भण्डारी र सदस्य सुनिता गौतमनेपाल स्पोर्ट क्लाइम्बिङ्ग एसोसिएसनका अध्यक्ष रमेश पौड्याल लगायत विशिष्ट अतिथीको उपस्थिती थियो ।यस तालिमका संचालक नासा नेपालका उपाध्यक्ष अनिलकुमार बराल र स्वगतमा माटोभर्स स्पोर्टस् क्लवका अध्यक्ष आशिष रौनियार थिए ।
कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका नव नियुक्त सदस्य सचिव दिपक लामालाई बधाई तथा शुभकामना दिइएको थियो भने सदस्य सचिव लामाले नेपालमा साहासिक खेलको सम्भावना तथा गौरीटारमा प्रस्तावित नेपालकै पहिलो रेसिङ्ग सर्किटमा थप लगानी वृद्धि गरी समयमै निमार्ण सक्याउने प्रतिवद्धता दिदै सहभागीको हौसला बढाए ।त्यस्तै कार्यक्रममा आगामी वर्षको लागी रेसिङ्ग, टुरिङ्ग तथा ट्रनिङ्ग लगायतका कार्य गर्ने आयोपक ले प्रतिवद्धता र अन्तराष्ट्रिय एक्पोजर बढाउन कार्यरत रहने प्रशिक्षहरु साथ दिने धोषणा गरेका छन्। कार्यक्रमको संमापनमा मोटर र मोटरसाइकm स्पोर्टस्मा सक्रिय रहने नवनिर्मित माटोभर्स स्पोर्टस् क्लवका सदस्यहरुलाई धन्यवाद दिदै आवश्यक साथ सहयोग गर्न सबै अतिथीहरुले प्रतिवद्धता दिए ।