२०८१ पुष ११ , बिहिवार

एक वर्षमा रास्वपाको खर्च साढे ५ करोड

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आम्दानी गत वर्षभन्दा घटेको छ।मंगलबारबाट सुरू भएको केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा प्रस्तुत गरिएको आयव्यव विरणमा गत वर्षभन्दा आम्दानी घटेको देखाइएको हो।रास्वपाको आर्थिक वर्ष २०८१/०८२ मा रास्वपाको ३ करोड ४० हजार ३१ हजार ६३४ रुपैयाँ आम्दानी भएको देखाइएको छ।

जसमध्ये १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ सदस्यता शुल्कबाट आम्दानी भएको छ। चन्दा तथा सहयोगबाट १ करोड ११ लाख ३४ हजार ९०९ रुपैयाँ आम्दानी भएको छ। सांसद, राजकीय पदहरूको नियुक्तिबाट पार्टीलाई ७७ लाख १८ हजार ३३३ रुपैयाँ आम्दानी भएको छ।ब्याजबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० आम्दानी भएको देखाइएको छ।

यस वर्षको आम्दानी अघिल्लो वर्षको तुलनामा २ करोड ७२ लाख १२ हजार ९३९ रुपैयाँले घटेको देखाइएको छ। यद्यपि यस वर्षको आयव्ययको लेखापरीक्षण भने हुन बाँकी रहेको रास्वपाले जनाएको छ।

त्यस्तै खर्चतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा पार्टी सञ्चालन गर्ने क्रममा साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ ।जसअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ । यस्तै पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ । खर्च विवरणअनुसार कार्यालय खर्च शीर्षकमा चिया तथा खाजामा नै झन्डै १७ लाख खर्च भएको छ ।