सुनाखरी न्युज/ काठमाडौं ।
युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ ।
युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सकिन्छ।माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सकिने कम्पनीले जनाएको हो ।
मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्नुहुनेछ । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता Earbuds, Smart watch, Analog watch,चाँदीको औंठी र रु १०,००० बराबरको Beauty Productर धेरैGift voucher/Discount Voucherहरु जित्न सकिनेछ ।
यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई रु.७५ लाख बराबरको Discount/Cashbackभौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १००% नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।