२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘खुस्मा’को काठमाडौं प्रिमियर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संविधान दिवसको अवसरमा हलमा प्रदर्शन हुन लागेको फिल्म ‘खुस्मा’को प्रिमियर गरिएको छ । मंगलबार आयोजित प्रिमियर समारोहमा फिल्मकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीको बाक्लो उपस्थिति रह्यो ।

फिल्म हेर्न फिल्ममेकर निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, रेनशा राई, गौमाया गुरुङ, लुनिभा तुलाधर लगायत हलमा पुगेका थिए ।अशोक थापा निर्देशित यो फिल्मले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएकाको परिवारको कथा पेश गर्छ । धीरज मगर र उपासना ठकुरी शीर्ष भूमिकामा छन् ।

माओवादी द्वन्द्वको असर भोग्नेले यो फिल्मको कथावस्तुलाई महसुस गर्ने प्रतिक्रिया दर्शकले दिए ।रेनशाको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट धीरजले फिल्ममा डेब्यु गरेका थिए ।‘खुस्मा’ शुक्रबारदेखि रिलिज तयारीमा छ । एम मिडिया प्रालिको ब्यानरमा बनेको फिल्मलाई वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर निर्माण गरेका हुन् । सहनिर्माता सुस्मिता बुढाथोकी हुन् ।