२०८१ आश्विन ३ , बिहिवार

नेप्से ४ अंकले घट्यो, पाँच अर्ब ६६ करोडको सेयर किनबेच

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक २५६० को टेवा विन्दु परीक्षणमा लागेको देखिएको छ।केही समय बजार बढ्ने र घट्ने भइरहेको बजार बन्द हुँदा भने नेप्से परिसूचक चार अंकले घटेको छ। बजार घट्दा २५५२ सम्म पुगेको बजार बढेर २६०६ सम्म पुगेको थियो।

केही समयअघि विश्लेषकहरूले नेप्सेले २५६० आसपा समा दरिलो टेवा पाउने बताउँदै आएका थिए। यही कारण नेप्सेले यसमा दरिलो टेवा परीक्षण गरिरहेको देखिन्छ।

यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ।सोमबार सात अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन पाँच अर्ब ६६ करोडको कारोबार भएको छ।