२०८१ आश्विन ३ , बिहिवार

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई पितृशोक

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
 पूर्वसञ्चार तथा सूचनामन्त्री रेखा शर्माका पीता घोराही उपमहानगरपालिका–१८ निवासी दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ ।केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः१५  बजे निधन भएको अस्पतालले जनाएको छ ।
शर्माको पार्थिव शरीर आज साँझ घोराही–१८ मसिनास्थित निवासमा पुर्‍याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । उहाँको अन्त्येष्टि भोलि बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माको परिवारले जनाएको छ ।
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति प्रकाशित छन् भने दर्जनौँँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्छ । उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ । शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ साल चैत ९ गते निधन भइसकेको छ ।  रासस