२०८१ आश्विन ५ , शनिवार

हलमा लाग्यो धिरज र उपासना अभिनित चलचित्र ‘खुस्मा’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संविधान दिवसको सार्वजनिक बिदाको अवसरमा नेपाली फिल्म ‘खुस्मा’ बिहीबारदेखि हलमा रिलिज भएको छ । धीरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्मले दशक लामो सशस्त्र द्वन्द्वको कालखण्डको प्रेमकथा भन्छ ।

फिल्मका तीन मुख्य पात्र खुस्मा, जेमी र मनेको त्रिकोणात्मक प्रेमकथा यसमा छ । मगर समुदायको पृष्ठभूमिमा बनेकाले पनि समुदायको कथामा रुचि हुनेलाई यो फिल्म मनपर्न सक्छ ।सार्वजनिक बिदाको दिनमा रिलिज भएको फिल्मको ओपनिङ अकुपेन्सी सुखद देखिएको छ ।