२०८१ मंसिर १३ , बिहिवार

नदी किनारमा थप २० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतले काठमाडौंको नदी खोला किनारमा थप २० मिटर मापदण्ड कायम गर्न दिएको आदेश खारेजीको माग गर्दै प्रभावितरहरू प्रदर्शनमा उत्रिएका छन्।

सर्वोच्च अदालतले हालै एक फैसलामा वाग्मती, विष्णुमती लगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार आफूहरुको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन् ।

बिहीबार दिउँसो माइतीघर मण्डलमा उपस्थित भएर उनीहरूले सर्वोच्चको उक्त आदेश बदरको माग गरेका हुन्।