२०८१ आश्विन ५ , शनिवार

संसद भवनअगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो संसद भवन गेट अगाडिबाट ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ।उनीहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।