२०८१ आश्विन ४ , शुक्रवार

सलमान खानको बुबालाई आयो धम्की

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई धम्की आएको छ। बुधबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई एक महिलाले दिएकी हुन्। त्यतिबेला बान्द्रामा एक स्कुटरमा एक व्यक्ति र उनको पछाडि एक बुर्का लगाएकी महिला बसेकी थिइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले युटर्न लिएर र सलीम खानको नजिक आएर भने, ‘सही तरिका बस्नु नत्र लोरेन्सलाई भन्दिन्छु।’ उक्त व्यक्ति र महिलालाई हिरासतमा लिन बान्द्रा पुलिसमा उजुरी दर्ता भएको छ।

बान्द्रा प्रहरीले सलमान खानका बुवा सलिम खानलाई धम्की दिएको मामिला दर्ता गरेर एक आरोपीलाई पक्राउ गरेको छ ।सलमानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्टमा १४ अप्रिलमा फायरिङ भएको थियो।