२०८१ मंसिर १३ , बिहिवार

दशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटलद्वारा आयोजित “बम्पर दशैं तिहार अफर”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

“हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशंै, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “बम्पर दशंै तिहार अफर” संचालनमा ल्याएको छ ।

गरिमा क्यापिटल लिमिटेडले बडा दशंै, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्मका लागी “बम्पर दशंै तिहार अफर” आयोजना गरेको जनाए  ।

यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सकिने छ। यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नु पर्ने कम्पनीको भनाइ छ ।