२०८१ आश्विन ५ , शनिवार

अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ भएको छ । उनकी पत्नी अनु थिङले शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

शिशु स्वस्थ रहेको बुद्धिले बताए । अनुलाई अस्पतालको आइसीयूमै राखिएको छ । पहिलो सन्तान लाभ भएकोमा बुद्धिले खुसी व्यक्त गरे ।