२०८१ आश्विन ६ , आइतवार

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ ।