२०८१ पुष २६ , शुक्रवार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

American-Doller

सुनाखरी न्युज/ काठमाडौं ।यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०१ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४९ रूपैयाँ ५९ पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७७ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ५३ पैसा तोकिएको छ।त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ८१ पैसा र बिक्रीमा ९१ रूपैयाँ २१ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७५ पैसा पाइन्छ।यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३१ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३१ रूपैयाँ ८७ पैसा पाइन्छ।सोमबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३९ रूपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४६ पैसा तोकिएको छ।