२०८१ आश्विन ७ , सोमवार

सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०८०/८१ को लागी ४.२१ प्रतिशत लाभांश प्रस्ताव

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज मिति २०८१ साल आश्विन ०७ गते सोमबार बसेको ४६३औं सञ्चालक समितिको बैठकले शेयरधनी महानुभावहरुलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६/- को ४ प्रतिशतले हुने रु ५६,८०,३८,९६०/२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २,९८,९६,७८७/३८ सहित जम्मा रु ५९,७९,३५,७४७/६१ दिने प्रस्ताव गरिएको छ ।उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

२०६४ साल बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरि विगत १८ वर्ष देखी वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखी नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे बैंकले जनाए। आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत रहेको छ ।