सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत आइतबार र सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।
त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ।चाँदी मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।