सुनाखरी न्युज/ काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घको मुख्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ ।
उहाँहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।
नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पु¥याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो । रासस