२०८१ मंसिर १२ , बुधवार

मुखमा टेप टालेर प्रदर्शनमा उत्रिए दुर्गा प्रसाईँका समर्थक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका थिए ।प्रसाईँ आइतबार भक्तपुरबाट पक्राउ परेका थिए ।