२०८१ आश्विन १२ , शनिवार

५८.९३ अंकले घटेयो नेप्से, पाँच अर्ब ६८ करोडको सेयर किनबेच

Share

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार र मंगलबार दुई दिनमा नेप्से परिसूचक ११७ अंकले घटेको छ।सोमबार ५९.०२ अंक र मंगलबार ५८.९३ अंक गरी यो दुई दिनमा नेप्से ११७.९५ अंकले घटेको छ।यसदिन नेप्से २४७०.३९ विन्दुमा बन्द भएको छ।

यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा थोरै वृद्धि भएको छ।सोमबार पाँच अर्ब ६६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन पाँच अर्ब ६८ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई करोड रूपैयाँ वृद्धि भएको हो।आज ३०९ वटा धितोपत्रको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर किनबेच भएको हो।