२०८१ पुष १० , बुधवार

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १०% क्यास ब्याक, अधिकतम रु. ५०० सम्म दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकले जनाएकाे छ ।