सुनाखरी न्युज/ काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
असोज ६ मा प्रसाईँलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो ।
अस्पतालले प्रसाईँलाई डिस्चार्ज गरेको साइबर ब्यूरोका एकजना अधिकृतले बताए ।