सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
बुधबार सहित लगातार चार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँ बढी हो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १९ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।